धादिङ जिल्लाकै पहिलो ऐतिहासिक नृसिंहधाम पुरुषोत्तम महामहोत्सवमा भक्तजनहरुको बाक्लो उपस्थिती

सोमबार, जेष्ठ ४, २०८३

theme

त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको धादिङ जिल्लाकै पहिलो ऐतिहासिक नृसिंहधाम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

 

 

प्रत्येक तीन वर्षमा आउने पुरुषोत्तम (अधिक) महिनालाई सनातन परम्परामा अत्यन्त पवित्र मानिन्छ ।अहिले भक्तजनहरुको उपस्थिती बाक्लो देखिएको छ । कथा प्रारम्भ भएको ४ दिनमा झन्डै ५० हजार भक्तजनले नृसिंहधाम पुरुषोत्तम को दर्शन गरेका छन् । धार्मिक तीर्थस्थलहरू—कैलाश मानसरोवर, दामोदरकुण्ड, बद्रीनाथ, केदारनाथ, गंगासागर, जगन्नाथपुरी, द्वारका र कन्याकुमारी लगायत चारधाम, सप्तपुरी तथा द्वादश ज्योतिर्लिङ्गसमेत समेटिएको १०८ तीर्थ यज्ञको जलप्रसादी वितरण गरिनेछ । चामलमाथि दियो बालेर गरिने संकल्प तथा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । पुरुषोत्तम महिनामा स्नान गर्न, पुजा तथा हवन गर्न आउने भक्तजनहरुको लागि दैनिक १० हजारसम्मलाई निःशुल्क भोजन सेवा, १ हजारसम्म आगन्तुक पाहुनाका लागि निःशुल्क आवास व्यवस्थापन समेत गरिएको प्रबक्ता कुस बहादुर सिटौलाले ओखर न्यूज डट कमलाई जानकारी दिनुभयो । 

 

 

धार्मिक मान्यताअनुसार भक्त प्रह्लादको तपोबलद्वारा स्थापित १२ नृसिंह पीठमध्ये नेपालमा अवस्थित एकमात्र पवित्र पीठ यही नृसिंहधाम भएकाले यसको विशेष महत्त्व रहेको छ । महोत्सव अवधिभर पुरुषोत्तम स्नान, व्रत–कथा महात्म्य श्रवण, प्रत्येक गोत्रका लागि छुट्टाछुट्टै हवनकुण्डमा वैदिक विधिअनुसार हवन–पूजा,पितृका नाममा हवन गर्ने तथा पुरुषोत्तम महिनामा स्नान, जप, तप, दान, दीपदान जस्ता धार्मिक कार्यबाट अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास  छ ।  साथै ११ हजार शालिग्रामको सबालाख दण्डवती परिक्रमा, श्रीरामकथा वाचन, दैनिक भजन–कीर्तन, आरती तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहनी नरसिंह धाम विकास संरक्षण मूल समितिका कोषाध्यक्ष बिष्णु हरि उप्रेतीले बताए । ​​​​​​ 

 

 

ज्येष्ठ महिनाभर सहज र सुलभ तरिकाले यातातयात सञ्चालन गरी सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई र यातायात कार्यालयलाई समेत आग्रह गरिएको छ । मेला २०८३ साल जेठ १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल