ads

धादिङमा वन अतिक्रमणमा बनेको व्यवसायिक भवनमा डोजर, अदालतको आदेशपछि भत्काइयो

बुधबार, जेष्ठ ६, २०८३

theme

धादिङमा सार्वजनिक वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको एक पक्की व्यवसायिक भवन डोजर लगाएर भत्काइएको छ ।

 

 

डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ शीतलबजार नजिक सार्वजनिक वन क्षेत्र मिचेर निर्माण गरिएको भन्दै उक्त भवन भत्काएको हो । लामो समयदेखि विवादमा रहेको उक्त संरचना भत्काउन अदालतले २०७९ साल पुष महिनामै आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयन गर्न पटक–पटक ताकेता भएपछि आज डोजर प्रयोग गरेर भवन हटाइएको उहाँले ओखर न्यूज डट कमलाई जानकारी दिनुभयो ।

 

 

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि कानुनी प्रक्रिया अनुसार कारबाही गरिने डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%

0%

0%

0%

50%

    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल