धादिङमा बोलेरो गाडीमाथि प्रहरीको कारबाही, ३२ वटा सवारीको फलामे हुट हटाइयो

बिहीबार, जेष्ठ ७, २०८३

theme

जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत जिल्लाभित्र सञ्चालन हुँदै आएका बोलेरो गाडीमाथि विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरेको छ ।

 

 

प्रहरीका अनुसार जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप बढी कारबाही पर्ने गरेका छन् । छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति नभएका सवारीसाधनले जोखिमपूर्ण तरिकाले फलामको हुट जडान गर्ने,क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढङ्गले सवारी चलाउने गरेको पाइएकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा संयुक्त चेकजाँचका क्रममा हालसम्म ३२ वटा सवारी साधनबाट अवैध रूपमा जडान गरिएको फलामको हुट हटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

 

सडक सञ्जाल पुगेपनि जिल्लाको अधिकांश भागमा यात्रुबाहक बस सञ्चालन हुने सडक नभएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  सडक सञ्जाल सहज नभएका ग्रामीण बस्तीहरुबाट बोलेरो जिपले सर्वसाधारणलाई सदरमुकाम धादिङबेँसी ल्याउने–लाने गर्छन् । 

 

 

प्रहरीले सवारी साधनलाई मापदण्ड विपरीत परिमार्जन नगर्न तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ । यस्तै, दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल