धादिङमा ८० केजी अवैध क्रिस्टलजस्तो पदार्थसहित एक जना पक्राउ

बिहीबार, जेष्ठ ७, २०८३

theme

धादिङमा अवैध क्रिस्टलजस्तो देखिने पदार्थसहित एक जना पक्राउ एक जनालाई पक्राउ गरेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार रुवीभ्याली गाउँपालिका वडा नम्बर–३ सेर्तुङ चौतारास्थित क्षेत्रमा रुवीभ्याली गाउँपालिकाबाट सदरमुकामतर्फ अवैध क्रिस्टलजस्तो देखिने वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी सेर्तुङ धादिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा प्लास्टिकको चार वटा बोराभित्र लुकाइछिपाई राखिएको अवैध क्रिस्टलजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त पदार्थसहित रुवीभ्याली गाउँपालिका वडा नम्बर–३ बस्ने वर्ष ३५ का फुच्चो तामाङलाई नियन्त्रणमा लिइएको हो ।

 

 

बरामद गरिएको वस्तुको तौल करिब ८० केजी रहेको बताइएको छ । स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहवरमा बरामद मुचुल्का तयार गरी पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

100%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल