वैशाखमा देशभरबाट २ हजार ३१९ फरार प्रतिवादी पक्राउ, ८२५ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन

शनिबार, जेष्ठ ९, २०८३

theme

नियमित गस्ती तथा खोजतलास अभियानका क्रममा नेपाल प्रहरीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका २ हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

 

 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट १२ जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेस प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली प्रदेशबाट ६८ जना तथा सुदूरपश्चिम प्रदेशबाट ८४ जना रहेका छन् । प्रहरीका अनुसार उक्त अवधिमा पक्राउ परेका प्रतिवादीमाथि अदालतबाट तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ । साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको प्रहरीले जनाएको छ ।

 

 

फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने नेपाल प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल