देशभर मध्यम वर्षाको सम्भावना, तराईका केही जिल्लामा हावाहुरीको चेतावनी

आइतबार, जेष्ठ १०, २०८३

theme

नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली भएको छ ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ । त्यसैगरी मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर (लु) चल्ने सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको जोखिम समेत रहेको महाशाखाले जनाएको छ ।

 

 

विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा तातो लहर चल्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल