रुवी भ्यालीमा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन, ११९ स्थानीय तहका प्रतिनिधि सहभागी हुने

बुधबार, जेष्ठ १३, २०८३

theme

धादिङको रुवी भ्याली गाउँपालिकामा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन–२०८३ आयोजना हुने भएको छ । 

 

 

सम्मेलन जेठ १६ र १७ गते रुवी भ्याली गाउँपालिका–३, सेर्तुङमा न्यायिक समितिको आयोजनामा बागमती प्रदेशस्तरीय सम्मेलनमा बागमती प्रदेशभित्रका ११९ स्थानीय तहका न्यायिक समिति संयोजक र प्रतिनिधिहरू सहभागि हुने,रुवी भ्याली गाउँपालिकाले सम्मेलनलाई सफल बनाउन आवश्यक तयारी तीव्र पारिएको छ । दुर्गम हिमाली क्षेत्रमा प्रदेशस्तरीय सम्मेलन हुन लागेको र यसले रुवी भ्यालीको पर्यटन तथा पहिचान प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको रुवी भ्याली गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक फेलामा तामाङले ओखर न्यूज डट कमलाई जानकारी दिनुभयो ।

 

 

सम्मेलनमा स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, सहज,नागरिकमैत्री, न्यायिक अभ्यास, स्थानीय तहमा देखिएका कानुनी चुनौती, मेलमिलाप तथा विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल