बर्दिया प्रहरीले सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुकै बुहारीलाई पक्राउ

बिहीबार, फाल्गुण २२, २०८१

theme

‎बर्दिया प्रहरीले सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । 

‎ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्री पक्राउ परेका हुन् । 

‎गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दैआएको घरमा राधा बोहोराको लाश फेला परेको थियो । प्रहरीले लाश फेला पारेपछि तालिम प्राप्त कुकुर समेत प्रयोग गरी अनुसन्धान थालेको थियो । 

‎हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताउनुभयो । हालसम्म लेनदेन र घरायसी दुस्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको उहाँले बताउनुभयो । 



‎घटना कहिले र के कसरी भएको भन्ने अनुसन्धानको क्रममा रहेको प्रहरी नायब उपरीक्षक घर्ती मगरले बताउनुभयो । मृतक बोहोराको शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइ अनुसन्धान सुरु गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल