बर्दिया प्रहरीले सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्री पक्राउ परेका हुन् ।
गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दैआएको घरमा राधा बोहोराको लाश फेला परेको थियो । प्रहरीले लाश फेला पारेपछि तालिम प्राप्त कुकुर समेत प्रयोग गरी अनुसन्धान थालेको थियो ।
हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताउनुभयो । हालसम्म लेनदेन र घरायसी दुस्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको उहाँले बताउनुभयो ।
घटना कहिले र के कसरी भएको भन्ने अनुसन्धानको क्रममा रहेको प्रहरी नायब उपरीक्षक घर्ती मगरले बताउनुभयो । मृतक बोहोराको शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइ अनुसन्धान सुरु गरेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ