प्रेस स्वतन्त्रताको रक्षा माग गर्दै धादिङमा पत्रकार महासंघको धर्ना

बुधबार, जेष्ठ २७, २०८३

theme

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा र सूचना तथा विज्ञापन सम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी निर्णय खारेजको माग गर्दै नेपाल पत्रकार महासंघ धादिङले जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएको छ ।

 

 

धर्नामा सहभागी पत्रकारहरूले प्रदर्शनका क्रममा सहभागीहरूले  सहभागीहरूले 'मिडिया विरोधी सरकारी नीति खारेज गर', 'प्रेस स्वतन्त्रता जिन्दावाद', 'नेपाल पत्रकार महासंघका मागहरू तत्काल सम्बोधन गर', 'निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर' तथा 'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर' लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

 

 

पत्रकारहरूले सूचना र विज्ञापन वितरणमा देखिएको भेदभावले स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यमको अस्तित्वमै असर पारेको र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता व्यवहारमा लागू हुनुपर्नेमा पत्रकारहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले ओखर न्यूज डट कमलाई जानकारी दिनु भयो ।

 

 

महासंघले सूचना र विज्ञापन वितरणमा हुने विभेद अन्त्य गर्नुपर्ने, सञ्चारमाध्यमलाई समान अवसर प्रदान गर्नुपर्ने र प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल