धादिङबेँसीमा लघुवित्तद्वारा समूह अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिहीबार, जेष्ठ २८, २०८३

theme

धादिङबेँसीमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय धादिङबेँसीको आयोजनामा समूह अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

 

 

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त संस्थाले आयोजना गरेको कार्यक्रममा अध्यक्षता बिचबजार महिला समुहकी लिला देवीले गर्नुभएको थियो भने प्रमुख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बोल्दै बित्तीय साक्षरता भनेको के हो ? यसमा के के पर्दछन् ? यसको महत्व किन छ ? र बित्तिय जानकारी विना गरिने बित्त सम्बन्धि कुनैपनि कृयाकलाप फलदायिक हुंदैनन् भन्दै उपस्थित सदस्यहरुलाई बित्तिय शिक्षा दिंदै सबैलाई बित्तीय साक्षर हुन आग्रह समेत गरे । ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपाय र संस्थाबाट लिइएको कर्जाको उत्पादनमूलक तथा समयमै सदुपयोग गरी आफ्नाे भविष्य सुरक्षित बनाउन सदस्यहरूलाई आग्रह गरे ।

 

 

त्यसैगरी शाखा प्रमुख शितला छत्कुलीले सदस्यहरूलाई विभिन्न वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्तिभन्दा एउटै संस्थासँग बचत तथा कर्जाको कारोबार गर्न सुझाव बताइन् । उनले नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘हाम्रो मुख्य उद्देश्य सदस्यहरूलाई वित्तीय रूपमा साक्षर बनाउनु र उनीहरूको जीवनस्तर उकास्नु हो,‘हामी घरदैलोमै पुगेर वित्तीय सेवा प्रवाह गर्छौ, यस्ता कार्यक्रम मार्फत सदस्यहरूको हौसला र क्षमता बढाउनी छ उहाँले बतनाउनुभयो ।

 

 

कार्यक्रमका अवसरमा बचततर्फ उत्कृष्ट हुने समूह तथा सदस्यलाई सम्मान गरिएको थियो ।  बचततर्फ प्रथम स्थान हासिल गर्ने युनिक निगालपानी पुरुष समूहका मनोहर बिक, द्वितीय स्थान हासिल गर्ने बगालेटार महिला समूहकी धनमाया तामाङ र तृतीय स्थान हासिल गर्ने मिलनटोल महिला समूहकी शान्तामाया श्रेष्ठ लाई सम्मान गरिएको श्याममणी न्यौपानेले जानकारी दिनुभयो ।

 

 

कार्यक्रममा करिब २०० जना सदस्यहरूको उपस्थिति उपस्थित रहेको थियो भने अतिथिका रूपमा दामोदर न्यौपाने, काशीराज रेग्मी नीलकण्ठ नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक.कृषि प्राविधिक शाखा सहायक तारा बहादुर खत्री,श्याममणी न्यौपाने,लक्ष्मी क्षेष्ठ,राजमान शाक्य,लगायतको उपस्थिति रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल