धादिङ कांग्रेसमा १० हजार बढी क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यताका लागि २,७२८ आवेदन

शुक्रबार, जेष्ठ २९, २०८३

theme

नेपाली कांग्रेस धादिङमा क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत १० हजार ३१ जनाले निर्धारित समयभित्र आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । त्यस्तै, जिल्लाभरबाट २ हजार ७२८ जनाले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन् ।

 

 

पार्टीले पहिलो पटक क्रियाशील सदस्यताको आवेदन तथा नवीकरण प्रक्रिया वेबसाइटमार्फत समेत सञ्चालन गरेसँगै सदस्यहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको छ ।  पालिकागत रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्नेहरूको संख्या सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा रहेको छ । नीलकण्ठ नगरपालिकाबाट २ हजार ८९४ जनाले सदस्यता अद्यावधिक गरेका छन् । त्यस्तै ज्वालामुखी गाउँपालिकाबाट १ हजार ३९८, त्रिपुरासुन्दरी गाउँपालिकाबाट ९९२, सिद्धलेक गाउँपालिकाबाट ७०१, नेत्रावती डबजोङ गाउँपालिकाबाट ५२६, गजुरी गाउँपालिकाबाट ४७७, गल्छी गाउँपालिकाबाट ४६९, गंगाजमुना गाउँपालिकाबाट ४६६, खनियावास गाउँपालिकाबाट ४२१, बेनीघाट रोराङ गाउँपालिकाबाट ४१४, थाक्रे गाउँपालिकाबाट ४०१ र रूवीभ्याली गाउँपालिकाबाट २४८ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । जिल्लाभरबाट प्राप्त आवेदनहरूको विवरण पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गरिएको जानकारी दिँदै सदस्यता सम्बन्धी थप प्रक्रिया पार्टीको निर्देशिकाअनुसार अगाडि बढाइने नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले ओखर न्यूज डट कमलाई जानकारी दिनु भयो ।

 

 

कांग्रेस धादिङका अनुसार सदस्यता अद्यावधिकसँगै नयाँ सदस्यता अभियानमा समेत नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको छ । यसले जिल्लामा पार्टी संगठन विस्तार र सुदृढीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल