Gen-Z आन्दोलनका क्रममा मकवानपुर कारागारबाट फरार डाँका चोरी मुद्दाका प्रतिवादी धादिङबाट पक्राउ

शनिबार, आषाढ ६, २०८३

theme

Gen-Z आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका एक प्रतिवादीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट फरार कैदी खोजतलास गर्ने क्रममा खटिएको प्रहरी टोलीले धादिङको ज्वालामुखी गाउँपालिका–६ आदमघाट बजारस्थित किराना पसलतर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने ३३ वर्षीय रुद्र मोक्तान रहेका छन् । उनी डाँका चोरी मुद्दामा भीमफेदी कारागार मकवानपुरमा थुनामा रहेका बेला Gen-Z आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।

 

 

प्रहरीका अनुसार मोक्तानलाई जिल्ला मकवानपुर कैलाश गाउँपालिका–२ बैकुण्ठस्थित बुधराम मोक्तानको घरबाट नगद ६ लाख रुपैयाँ चोरी गरेको घटनामा अनुसन्धान भइरहेको थियो । साथै पक्राउ परेका अन्य दुई जनामा धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारा बस्ने २२ वर्षीय अशोक तामाङ र १९ वर्षीय उमेश तामाङ रहेका छन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको जनाएको छ । फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल