ज्वालामुखी गाउँपालिकाको बजेट ५७ करोड १० लाख ५३ हजार, पूर्वाधार विकासलाई प्राथमिकता

शनिबार, आषाढ ६, २०८३

theme

धादिङको ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५७ करोड १० लाख ५२ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

 

गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष धर्म आर्यालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।सार्वजनिक बजेटअनुसार चालुतर्फ ४३ करोड ७५ लाख २ हजार २ सय रुपैयाँ र पुँजीगततर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने सामाजिक विकास क्षेत्रका लागि ५ करोड १० लाख २३ हजार २ सय रुपैयाँ छुट्याइएको छ। यस्तै आर्थिक विकासतर्फ ११ लाख ५० हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५६ लाख रुपैयाँ तथा कार्य सञ्चालन र प्रशासनिक खर्चका लागि ८ करोड १५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष आर्यालले जानकारी दिए ।

 

 

गाउँपालिकाले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ११ लाख रुपैयाँ, सशर्त अनुदान २२ करोड १६ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ३१ लाख रुपैयाँ तथा समपूरक अनुदान ५० लाख रुपैयाँ गरी कुल ३७ करोड ६८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।त्यसैगरी बागमती प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ११ लाख ६६ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड १ लाख ७७ हजार १ सय रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ तथा समपूरक अनुदान २ करोड रुपैयाँ गरी कुल ६ करोड ८३ लाख ४५ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

 

 

गाउँपालिका अध्यक्ष यामनाथ दनैले नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर सुधार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

 

 

गाउँपालिकाले बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जनाएको छ । चालु आर्थिक वर्षको उपलब्धि र आवश्यकतालाई आधार बनाएर आगामी वर्षका योजना तथा कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल