गल्छी गाउँपालिकाको बजेट ६७ करोड ६० लाख, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता

सोमबार, आषाढ ८, २०८३

theme

धादिङको गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १ सय २९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

 

 

सोमबार सम्पन्न गाउँपालिकाको १५औँ गाउँसभाबाट नीति तथा कार्यक्रमसँगै वार्षिक आय–व्यय विवरण प्रस्तुत गरिएको हो । गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक आयबाट १६ करोड ५८ लाख ९१ हजार ८ सय २४ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने नगद मौज्दातबाट ५ करोड रुपैयाँ परिचालन हुने उल्लेख छ । बजेटमा संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ ८ करोड ९९ लाख ५८ हजार रुपैयाँ, वित्तीय समानीकरण अनुदानतर्फ १३ करोड ५८ लाख रुपैयाँ तथा सशर्त अनुदानतर्फ १८ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट सवारी कर राजस्व बाँडफाँडतर्फ ३ करोड २९ लाख ३० हजार ३ सय ५ रुपैयाँ, वित्तीय समानीकरण अनुदान १ करोड २७ लाख ४४ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड १७ लाख १९ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ३४ लाख रुपैयाँ र विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

 

 

बजेटमा पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै २२ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। वडास्तरीय योजनाका लागि ३ करोड ४० लाख, पालिकास्तरीय योजनाका लागि ३ करोड ५० लाख, सडक तथा सार्वजनिक संरचना निर्माणका लागि ७० लाख र शाखास्तरीय कार्यक्रम सञ्चालनका लागि ९ करोड ३७ लाख ६४ हजार १ सय २९ रुपैयाँ छुट्याइएको छ । गत आर्थिक वर्षका दायित्व भुक्तानीका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै प्रदेश समपूरक योजनाका लागि ३ करोड ५१ लाख, स्थानीय विशेष योजनाका लागि २ करोड ५० लाख तथा साझेदारी कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ । क्षेत्रगत बजेटतर्फ संस्थागत क्षमता विकास तथा सुशासनमा १३ करोड १५ लाख ८ हजार रुपैयाँ, शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा १८ करोड १९ लाख ९६ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रमा ६ करोड ५६ लाख ३४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आयुर्वेद सेवाका लागि ५८ लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि ४२ लाख ८० हजार, खानेपानी तथा सरसफाइका लागि ५५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। आर्थिक विकास कार्यक्रमतर्फ १ करोड ९८ लाख ४ हजार १ सय ७८ रुपैयाँ विनियोजन गरिएको छ ।

 

 

बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अध्यक्ष खतिवडाले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

 

 

उपाध्यक्ष तिवारीले बजेटले विकास निर्माणसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । गाउँसभाले अध्यक्ष खतिवडाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल