त्रिपुरासुन्दरीमा २४ लाभग्राहीलाई मौरीसहित आधुनिक घार वितरण

बुधबार, आषाढ १०, २०८३

theme

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा चेपाङ, दलित, गरिब तथा बञ्चितीकरणमा परेका समुदायको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले मौरीसहितको आधुनिक घार वितरण गरिएको छ ।

 

 

बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा विनियोजित कार्यक्रम अन्तर्गत रैथाने मौरीपालन गर्दै आएका किसानको मागको आधारमा त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ का २४ जना लाभग्राहीलाई  प्रोत्साहन दिने उद्देश्यले मौरीसहितको वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि राम्रो सम्भावना बोकेको व्यवसाय हो,उनले भने यसबाट उत्पादित महको बजार माग उच्च रहेकाले कृषकले अतिरिक्त आम्दानी लिनसक्ने अवस्था छ । मौरीपालन व्यवसायले ग्रामीण समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै वितरण गरिएका सामग्रीको सदुपयोग गरी आयआर्जन वृद्धि गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो ।

 

 

त्यसैगरी वडा नम्बर १ का वडाध्यक्ष भिमप्रसाद भट्टले मौरीपालनले मह उत्पादन मात्र होइन, कृषिबालीको परागसेचनमा महत्वपूर्ण योगदान पु¥याउँछ, उनले भने,यसले कृषकको आम्दानी वृद्धि गर्नुका साथै कृषि उत्पादन बढाउन पनि सहयोग पुग्छ समुदायलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मौरीपालन व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

 

 

गाउँपालिकाले यस्ता आयमूलक कार्यक्रममार्फत विपन्न तथा बञ्चित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल