गाउँपालिका कार्यालयमा तालाबन्दी र अभद्र व्यवहार गरेको आरोपमा त्रिपुरासुन्दरीका सुरेन्द्र वाँडा पक्राउ

बुधबार, आषाढ १०, २०८३

theme

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी ४९ वर्षीय सुरेन्द्र वाँडालाई गाउँपालिका कार्यालयमा अभद्र व्यवहार तथा कार्यालयको कामकाजमा अवरोध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मिति २०८३ असार ९ गते बिहान करिब १०ः३० बजे वाँडा गाउँपालिकाको कार्यालयमा पुगेर भुक्तानी सम्बन्धी रीत नपुगेको फाइल पेश गर्दै विवाद सिर्जना गरेका थिए । उनले कर्मचारीहरूलाई गालीगलौज, धम्की तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार केही समयपछि मादक पदार्थ सेवन गरी पुनः कार्यालय परिसरमा पुगेका वाँडाले ताला र चाबी ल्याई गाउँपालिकाको लेखा शाखामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत काम गरिरहेको अवस्थामा बाहिरबाट अनधिकृत रूपमा ताला लगाई कार्यालयको नियमित कामकाजमा अवरोध पुर्‍याएका थिए ।

 

 

गाउँपालिका कार्यालयको पत्र जाहेरीका आधारमा प्रहरीले सोही दिन वाँडालाई पक्राउ गरेको जनाएको छ । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल