फूलखर्कमा खानेपानी आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

आइतबार, आषाढ १४, २०८३

theme

गङ्गाजमुना गाउँपालिका–५, फुलखर्कमा सञ्चालन गरिएको फूलखर्क खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएपछि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

 

 

शान्ति नेपाल (TSCTP, Dhading) को सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत आयोजना निर्माण सम्पन्न भएसँगै स्थानीय उपभोक्ता तथा सरोकारवालाको उपस्थितिमा सार्वजनिक सुनुवाइ गरी आयोजनाको प्रगति, लागत तथा आय–व्यय विवरण सार्वजनिक गरिएको हो । आयोजनाबाट ७९ घरधुरीका करिब ५३९ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

 

 

आयोजनाको सम्झौता २०८२ साल कातिॅक १८ गते भएको थियो भने निर्माण कार्य २०८३ साल बैशाख ३० गते सम्पन्न भएको हो । आयोजनाका लागि शान्ति नेपाल,गङ्गाजमुना गाउँपालिका तथा वडा कार्यालय र उपभोक्ता समुदायको श्रमदानसहित अनुमानित रु. २१ लाख ३३ हजार ४४६ लागत रहेकोमा वास्तविक खर्च करिब रु. २० लाख ५४ हजार ८६२ भएको विवरण सार्वजनिक गरिएको छ । आयोजनाअन्तर्गत मुहान संरक्षण, आरसीसी संरचना निर्माण, पाइपलाइन विस्तार तथा घरमा धारा निर्माण गरिएको छ ।  ४ हजार ५ सय ५५ मिटर नयॅा पाइपलाइन बिछ्याइएको छ भने ७७ वटा घरमा धारा निर्माण गरिएको साथै आवश्यक आरसीसी संरचना र अन्य पूर्वाधार निर्माण गरी आयोजनालाई सञ्चालनमा ल्याइएको शान्ति नेपालका परियोजनाका प्रबिधिक अधिकृत चन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।

 

 

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा शान्ति नेपालका परियोजना व्यवस्थापक ईन्द्रमान शाक्यले हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यताअनुरूप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छौं घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै व्यक्ति,समाज र सिंगो गाउँपालिकाको आर्थिक, सामाजिक लगायत सर्वपक्षिय सुधार देखिने छ, बताउनु भयो ।

 

 

फूलखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष राज कुमार गुरुङ,वडा अध्यक्ष प्रेम बहादुर घले,कार्यवाहक वडाध्यक्ष ऋषिश्‍वर अधिकारी र सरोकारवाला निकाय तथा स्थानीय उपभोक्ता सहभागिता रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%

0%

0%

50%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल