जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको रिलायन्स फाईनान्स धादिङबेसी शाखा र लाङ्घाली डेन्टल क्लिनिकबीच सहकार्यका लागि सम्झौता गरिएको छ ।

रिलायन्स फाइनान्स लिमिटेडका कर्मचारी, आश्रित तथा ग्राहकहरूले लाङ्घाली डेन्टल क्लिनिकबाट प्राप्त हुने सम्पूर्ण दन्त सेवामा २० प्रतिशत छुट पाउने सम्झौता गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र १० वर्षमुनिका बालबालिकालाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको रिलायन्स फाइनान्स लिमिटेड धादिङबेसी शाखाका शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठले बताए ।

यसैगरी सेवाग्राहीका लागि टिकट निःशुल्क गर्नुका साथै विशेषज्ञ चिकित्सकबाट निःशुल्क दन्त परामर्श सेवा उपलब्ध गराइने जनाइएको छ। उक्त सहकार्यले दन्त स्वास्थ्य सेवामा सहज पहुँच विस्तार हुने विश्वास गरिएको छ । दुई वर्षका लागि सम्झौता गरिएको छ । सम्झौता पत्रमा लाङ्घाली डेन्टल क्लिनिककी प्रबन्ध निर्देशक डा. रचना रेश्मी गिदेल मगर तथा रिलायन्स फाइनान्स लिमिटेडका शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुर्गम बस्तीका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले रिलायन्स फाइनान्स लिमिटेड सँग सहकार्य गरिएको लाङ्घाली डेन्टल क्लिनिककी प्रबन्ध निर्देशक डा. रचना रेश्मी गिदेल मगरले बताइन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल