पेट्रोलियम पदार्थको मूल्य घट्यो, आज रातिदेखि नयाँ दर लागू

बुधबार, आषाढ १७, २०८३

theme

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

 

इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको २०८३ असार १६ गतेको निर्णय बमोजिम आज (असार १७ गते) राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समायोजन गरिएको हो । पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो । नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर रु. १९४.५०, दोस्रो वर्गमा रु. १९६ र तेस्रो वर्गमा रु. १९७ कायम गरिएको छ। यसअघि पेट्रोलको मूल्य क्रमशः रु. १९७.५०, रु. १९९ र रु. २०० थियो । त्यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा रु. १९२.५०, दोस्रो वर्गमा रु. १९४ र तेस्रो वर्गमा रु. १९५ प्रतिलिटर कायम गरिएको छ। यसअघि यसको मूल्य क्रमशः रु. १९५.५०, रु. १९७ र रु. १९८ थियो ।

 

 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु. २२२ कायम गरिएको छ, जुन यसअघि रु. २६९ थियो ।  अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १,५६६, पोखराका लागि १,९९० र भैरहवाका लागि १,९०५ कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य पनि घटाएर प्रतिसिलिन्डर रु. २,०६० कायम गरिएको छ। यसअघि ग्यासको मूल्य रु. २,१६० थियो ।

 

 

नेपाल आयल निगमका अनुसार नयाँ खुद्रा बिक्री मूल्य निगमको डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मका क्षेत्रमा लागू हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल