राष्ट्रिय उपभोक्ता मञ्च धादिङ र उपभोक्ता हित संरक्षण मञ्च धादिङको समन्वय तथा सहकार्य र नीलकण्ठ नगरपालिकाको आयोजनामा मंगलबार धादिङबेँसीस्थित सिटी हलमा उपभोक्ता अधिकार, उपभोक्ता संरक्षण ऐन, बजार अनुगमन, गुणस्तरहीन तथा म्याद नाघेका वस्तुबाट हुने असर,कालाबजारी, अनुचित मूल्यवृद्धि र कृत्रिम अभाव नियन्त्रण गर्ने विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम नीलकण्ठ नगरपालिकाको उप– प्रमुख दिपक विश्वकर्माको अध्यक्षमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवंम नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भीम प्रसाद ढुंगानाले उपभोक्ता सुरक्षाका लागि सरकारले नियमित रूपमा बजार अनुगमन गर्ने गरेको र अनुगमनका क्रममा दोषी देखिएमा कानुन बमोजिम कार्वाहि समेत गरेको बताउनुभयो । जिल्लामा बजार अनुगमन भइरहेको भए पनि त्यसको प्रभावकारिता अपेक्षाकृत कम देखिएको उल्लेख गर्दै सेवा प्रदायक निकाय समयानुकूल जिम्मेवार हुन नसकेकोतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । सरोकारवाला निकायहरूले यस विषयमा विशेष चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले उपभोक्ता सुरक्षाको विषय पेचिलो बन्दै गएको बताउँदै उपभोक्ताको अधिकार र सुरक्षामा सम्पूर्ण निकाय एकजुट हुनुपर्ने र जिल्लास्थित कार्यालय तथा स्थानीय तहहरूले स्वच्छ बजार निर्माण र उपभोक्तालाई सचेत बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमको सहजिकरण राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गर्नुभएको थियो । विभाग र मन्त्रालयको एक्लो प्रयासले मात्र सम्भव हुँदैन । अन्तर मन्त्रालय, अन्तर विभाग तथा विभिन्न निकाय र संघसंस्थाबीचको सहकार्यमा उपभोक्ता अधिकारबारे सचेतना फैलाउन आवश्यक छ,महर्जनले भन्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि,धादिङ उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग महासंघ धादिङ,व्यवसायी, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल