त्रिपुरासुन्दरी गाउँपालिकाको न्यायिक शाखाको आयोजनामा वडा नं ७ त्रिपुरेश्वर, खहरेमा विद्यालय स्तरीय बालबालिका लक्षित न्यायिक (कानुनी) सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई कानुन सम्बन्धी आधारभुत ज्ञान उदेश्यले कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रममा युवा पुस्तामा कानुन, न्याय, अधिकार र कर्तव्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चक्रेश्वरी आधारभूत विद्यालय र अचने म वि का कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक देवराज धरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजमा शान्ति, सुशासन र कानुनी शासन कायम राख्न नागरिकमा कानुनी चेतनाको विकास अपरिहार्य रहेको बताए । उनले कानुन उल्लङ्घन गर्ने जो-कोही पनि कानुनी दायराभन्दा बाहिर नरहने उल्लेख गर्दै विद्यार्थीलाई सानै उमेरदेखि जिम्मेवार र कानुनप्रति सचेत नागरिक बन्न आग्रह गरे । विद्यालय तहबाटै कानुनी शिक्षा र सचेतना विस्तार गर्नसके भविष्यमा विभिन्न सामाजिक तथा कानुनी समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रमको सहजिकरण अधिवक्ता दिनेश दुवाडीले स्थानीय सरकारको संरचना, न्यायिक समितिको कार्यक्षेत्र, कानुनी साक्षरताको महत्व तथा पछिल्लो समय बढ्दो साइबर अपराधका विषयमा प्रस्तुति दिए ।नागरिक प्रतिको उसको अधिकार के हुन्छ ?,संघिय राज्यले के गर्छ र उसको अधिकार के हुन्छ ? भन्ने कुरा विद्यार्थीहरुलाइ सचेताना गराउनुभयो ।उनले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, अनलाइन ठगी तथा अन्य साइबर अपराधबाट बच्ने उपाय र सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी गराए । कानुनी ज्ञानले सही निर्णय लिन र आफ्नो अधिकारको रक्षा गर्न सहयोग गर्ने उनले जनाए ।
त्रिपुरासुन्दरी गाउँपालिकाले विद्यार्थीमा कानुनी चेतना अभिवृद्धि गर्दै जिम्मेवार, अनुशासित र बालबालिकामा कानुनी ज्ञान अभिवृद्धि गर्दै आफ्नो अधिकार र कर्तव्यप्रति जिम्मेवार बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल