जनस्वास्थ्य कार्यालय धादिङद्वारा सञ्चारकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

शुक्रबार, आषाढ १९, २०८३

theme

जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराउने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

 

जनस्वास्थ्य कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख तथा सम्बन्धित शाखाका स्वास्थ्यकर्मीहरूले आर्थिक वर्षभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा प्रस्तुत गरेका थिए ।  प्रस्तुतिका क्रममा जिल्लामा सञ्चालित खोप कार्यक्रम, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, पोषण सुधार अभियान, परिवार नियोजन, सुरक्षित मातृत्व, सरुवा तथा नसर्ने रोग नियन्त्रण, स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्य सचेतना तथा जनचेतनामूलक कार्यक्रमलगायतका गतिविधिबारे विस्तृत जानकारी गराइएको थियो ।

 

 

जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विविध विषयमा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यालयका गतिविधि, उपलब्धि तथा चुनौतीहरूबारे जानकारी गराउनुभयो ।  उहाँले स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण, मातृ तथा शिशु स्वास्थ्य सुधार, खोप कार्यक्रम तथा समुदायमा आधारित स्वास्थ्य सेवाका क्षेत्रमा भएका प्रगतिबारे प्रकाश पार्नुभयो ।

 

 

त्यसैगरी, कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले  कार्यालयले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रमहरूको उपलब्धि, तथ्याङ्क तथा आगामी आर्थिक वर्षका लागि तय गरिएका स्वास्थ्यसम्बन्धी योजनाहरू समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले आगामी वर्षमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य पूर्वाधार सुदृढीकरण तथा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

 

 

कार्यक्रममा सुझाव राख्दै नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीले जनस्वास्थ्य कार्यालयले गरेका सकारात्मक प्रयासहरूको प्रशंसा गर्नुभयो ।  उहाँले जिल्लाको स्वास्थ्य क्षेत्रमा अझै रहेका चुनौतीहरूको चर्चा गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका पक्षहरू औंल्याउनुभयो ।  साथै स्वास्थ्यसम्बन्धी सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी प्रचार–प्रसारका लागि पत्रकार र जनस्वास्थ्य कार्यालयबीच सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

 

अन्तरक्रियामा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले स्वास्थ्य सेवाको प्रभावकारी प्रवाह, जनस्वास्थ्यसम्बन्धी सूचनाको समयमै सम्प्रेषण तथा समुदायस्तरमा स्वास्थ्य सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
20%

20%

40%

0%

20%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल