धादिङ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को असार १८ गतेसम्म कुल मुद्दामध्ये ६७ प्रतिशत फर्छ्योट गरेको जनाएको छ ।

अदालतका स्रेस्तेदार राजेन्द्र लुईटेलका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३२५ र चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९१ गरी कुल १ हजार ५१६ मुद्दामध्ये १ हजार १७ वटा मुद्दा फर्छ्योट भएका छन् भने ४९९ वटा मुद्दा अझै विचाराधीन रहेका छन् । अदालतले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षका लागि ७५ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखिएको छ। हाल विचाराधीन रहेका मुद्दामध्ये ३७९ वटा सरल मार्ग (६ महिनाभित्र), ७६ वटा सामान्य मार्ग (६ देखि १२ महिनाभित्र), ४२ वटा विशेष मार्ग (एक वर्षभन्दा माथिका) तथा ३ वटा दुई वर्ष नाघेका मुद्दा रहेका छन् ।

दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी रहेका छन् । कुल ६५३ सम्बन्ध विच्छेदका मुद्दामध्ये ५५२ वटा फर्छ्योट भइसकेका छन् भने १०१ वटा बाँकी रहेका छन् । त्यस्तै लागूऔषधसम्बन्धी ५४ मध्ये ४०, करणीसम्बन्धी कसुरका ३७ मध्ये २२, ज्यानसम्बन्धी कसुरका ३० मध्ये २३, सवारी ज्यानका ४३ मध्ये २४, अंश–मानाचामलका १४९ मध्ये ८१, घरेलु हिंसाका १४ मध्ये १०, चेक अनादरका २५ मध्ये १५ तथा अन्य शीर्षकका ५११ मध्ये २४९ मुद्दा फर्छ्योट भएका छन् । फैसला कार्यान्वयनतर्फ कैद सम्बन्धी ४३७ मुद्दामध्ये २५६ वटा फर्छ्योट भइसकेका छन् भने १८१ वटा कार्यान्वयन हुन बाँकी रहेका छन् । त्यसैगरी जरिवानातर्फ करिब ३६ करोड ८५ लाख रुपैयाँ दायित्वमध्ये करिब २ करोड ९० लाख रुपैयाँ असुल भएको छ भने करिब ३३ करोड ९४ लाख रुपैयाँ असुल हुन बाँकी रहेको अदालतले जनाएको छ ।

अदालतका श्रेस्तेदार लुईटेलका अनुसार देवानीतर्फको नाता कायमसम्बन्धी मुद्दा अदालतबाट मेलमिलाप कक्षमा पठाइएको छ । अदालतले वार्षिक कार्ययोजनाअनुसार मुद्दा फर्छ्योट दर अझै बढाउने लक्ष्यसहित कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै लगिएको जानकारी दिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल