धादिङबेशीमा मः मः खाँदा १२ जना बिरामी, सम्पूर्ण उपचार खर्च व्यहोर्न होटल सञ्चालकलाई निर्देशन

शनिबार, आषाढ २०, २०८३

theme

धादिङको नीलकण्ठ नगरपालिका–३ बिचबजारस्थित “नुवाकोट फास्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” मा मःम खाएका १२ जना बिरामी परेका छन् ।

 

 

बिरामी परेकाहरूलाई उपचारका लागि धादिङ अस्पताल पुर्‍याइएको थियो। अस्पतालका निमित्त अस्पताल निर्देशक महासेठका अनुसार उपचारका लागि भर्ना गरिएकामध्ये दुई जनालाई सोही दिन डिस्चार्ज गरिएको छ भने अन्य ६ जनाको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। बाँकी बिरामीको अवस्था सामान्य रहेकाले आवश्यक उपचारपछि घर फर्किएको जनाइएको छ ।घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला बजार अनुगमन समितिले सम्बन्धित होटलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा होटलको सरसफाइ, खाद्य स्वच्छता तथा गुणस्तरमा सुधार गर्न सात दिनको समयसीमा दिइएको छ ।

 

 

जिल्ला बजार अनुगमन समितिका सदस्यसचिव तथा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीका अनुसार होटल सञ्चालकलाई बिरामी परेका सबै व्यक्तिको उपचार खर्च पूर्ण रूपमा व्यहोर्न निर्देशन दिइएको छ ।

 

 

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल