पाकिस्तानीमा आतंकवादीले आक्रमण गर्दा १८ जनाको मृत्यु, ३२ जना घाइतेका छन् ।
प्रान्तको बन्नु जिल्लामा सुरक्षा बलको समयमै प्रतिक्रियाका कारण आत्मघाती आक्रमण गर्दा १२ जना सर्वसाधारण र छ जना आतंककारी मारिएका छन् ३२ जना घाइते भएका छन् । शक्तिशाली विस्फोट पछि नजिकैका भवनहरू र एउटा मस्जिदको छाना भत्किएको छ। घटनापछि प्रहरी, सुरक्षा बल र उद्धार टोलीको ठूलो टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पतालमा पुर्याएको छ ।
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तको एक क्यान्टोनमेन्ट क्षेत्रलाई लक्षित गरी आतंककारीहरूको समूहले क्यान्टोनमेन्ट क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो तर असफल भएको केपी सरकारका प्रवक्ता मोहम्मद अली सैफले बताए ।
धेरैको अवस्था गम्भीर रहेको छ। अस्पताल स्रोतका अनुसार जिल्लाका सबै अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
सामाजिक सञ्जालमा एक सन्देशमा तहरीक–ए–तालिबान पाकिस्तानको हाफिज गुलबहादुर समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल