डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि धादिङको नीलकण्ठ नगरपालिकामा डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाहरूसँग अभिमुखीकरण तथा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा र बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय धादिङको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो । कार्यक्रममार्फत डेंगु रोगको संक्रमण रोकथाम, लामखुट्टेको लार्भा नष्ट गर्ने उपाय, घर तथा सार्वजनिक स्थान वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने विषयमा सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो ।
अभिमुखीकरणपछि सहभागीहरूले बजार क्षेत्र तथा विभिन्न स्थानमा पुगेर पानी जम्ने भाँडा, टायर, प्लास्टिकका भाँडालगायत लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल