धादिङमा ७८ हजार ४ सय क्याप्सुल लागूऔषधसहित दुई जना पक्राउ

मंगलबार, आषाढ २३, २०८३

theme

धादिङ प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड (५० एमजी) सहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।

 

 

प्रहरीका अनुसार वीरगन्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका– ३ का ४१ वर्षिय मोहनप्रसाद कुर्मी र ३५ वर्षिय प्रतिमा देवी रहेका छन् । उनीहरूको साथबाट लागुऔषधका साथै दुई थान मोबाइलसमेत बरामद गरेको हो ।

 

 

बरामद गरिएको लागूऔषध तथा पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत धादिङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल