धादिङमा पोहोरभन्दा दोब्बरले बढे स्क्रब टाइफसका बिरामी,सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा

मंगलबार, आषाढ २३, २०८३

theme

धादिङ जिल्लामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो ।  विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रब टाइफसका बिरामीको संख्या धेरै रहेको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

 

 

स्क्रब टाइफसका बिरामी बढेका छन् । गत वर्ष यही अवधिमा २ सय ३५ जना रहेकामा यस वर्ष ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको तथ्यांकअनुसार स्क्रब टाइफसका बिरामी १६८ जनाले बढेका छन्, जसले जिल्लामा यो रोगको जोखिम बढ्दै गएको संकेत गरेको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन् । नीलकण्ठमा पुरुष ८३ र महिला १६२ गरी कुल २४५ जना संक्रमित भएका छन्,भने ज्वालामुखी गाउँपालिकामा पुरुष २६ र महिला ४५ गरी कुल ७१ जना र सिद्धलेक गाउँपालिकामा पुरुष २० र महिला २७ गरी कुल ४७ जना संक्रमित भेटिएका छन् । अन्य जिल्लाका ८ जनामा संक्रमण देखिएको छ । 

 

 

धादिङ अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो ।   विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । बिरामीमा अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या लिएर अस्पतालमा आएका बिरामीलाई जाँच गर्दा अधिकांशमा स्क्रब टाइफस पुष्टि भएको जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले बताए । 

 

 

जिल्लामा डेङ्गी सङ्क्रमण न्यून भए पनि स्क्रब टाइफस एक्कासि बढ्दै गएको भन्दै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले यस रोगबारे सावधानी अपनाउनुपर्ने बताए । शरीरमा रातो बिबिरा आउने, टाउको दुख्ने, जिउ गल्ने, मांसपेसी दुख्ने, टोकेको ठाउँमा रातो दाग देखिने तथा १०४ डिग्री ‘फरेनहाइट’भन्दा बढी ज्वरो आउने यस रोगको लक्षण हो, स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दो जुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि डेङ्गीभन्दा ३० गुणा बढी घातक हुन्छ । यो रोग मानिसमा एक प्रकारको ‘माइट’ (किर्ना)ले टोक्दा ‘ओरेनसिया सुसुगामुसी’ भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग भएको पौडेलको भनाइ छ ।

 

 

स्वास्थ्य कार्यालयले वर्षायामसँगै कीटजन्य रोगको जोखिम बढ्ने भएकाले लामखुट्टे र संक्रमित किराको टोकाइबाट बच्ने उपाय अपनाउन तथा ज्वरोलगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गरेको छ । स्क्रब टाइफसको जोखिम अझै कायम रहेकाले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी निगरानी तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल