त्रिपुरासुन्दरीमा ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

बुधबार, आषाढ २४, २०८३

theme

त्रिपुरासुन्दरी गाउँपालिकामा काम गर्ने ६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको छ । 

 

 

जनस्वास्थ्य कार्यालय धादिङको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिकामा काम गर्ने ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार दोसल्ला र प्रसंशा–पत्रसहित ६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामूहिक बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

 

 

कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष राजु उप्रेतीले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेकाले गाउँपालिकाले बिदा हुने महिला स्वयं सेविकालाई सम्मान होस् भने उद्देश्यले स्वयंसेविकाहरुलाई जनही ५० हजारका दरले यस आर्थिक वर्षदेखि सुरु गर्नी छौँ,जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको र महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड रहेको उप्रेतीले बताए । 

 

 

जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय प्रमुख अर्जुन पौडेलले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले लामो समयदेखि समुदायको स्वास्थ्य सुधारका लागि निःस्वार्थ रूपमा निर्वाह गरेको भूमिका अनुकरणीय रहेको उल्लेख गर्दै मातृ तथा शिशु स्वास्थ्य सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप अभियान, स्वास्थ्य शिक्षा तथा जनचेतना अभिवृद्धिमा उहाँहरूको योगदान अतुलनीय रहेको बताए ।

 

 

कार्यक्रम फोकल पर्सन पद्मराज कैनी, स्वास्थ्य शाखा प्रमुख यमबहादुर श्रेष्ठ लगायतले सम्मानित स्वयंसेविकाहरूको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको  योगदानको प्रशंसा गर्नुभयो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल