पानी अभावले धादिङमा सुस्तायो धान रोपाइँ, असार अन्तिम सातासम्म ४५ प्रतिशत रोपाइँ

बिहीबार, आषाढ २५, २०८३

theme

गत वर्ष असार अन्तिम सातासम्म ६० प्रतिशत रोपाइँ भएको धादिङमा यो वर्ष झन्डै ४५ प्रतिशत खेतमा मात्र धान रोपिएको छ ।

 

 

लामो समयदेखिको खडेरीले खोलामा पानी घटेपछि यसपाली जिल्लामा असार महिनाको अन्तिम सातासम्म झन्डै ४५ प्रतिशत मात्र रोपाइँ हुन सकेको हो । जिल्लाका १३ वटै स्थानीय तहमा धान रोपाइँ सुरु भइसकेको भए पनि पर्याप्त वर्षा नपरेकाले खोलाको पानी पुग्ने खेतबाहेक अन्य स्थानमा रोपाइँले गति लिन सकेको छैन । समयमै बर्षात नहुँदा खोलामा पानीे घटेपछि असार अन्तिम सातासम्म जिल्लाका धेरै स्थानमा किसानले रोपाइँका लागि खेत जाोतेर ठिक्क पारे पनि रोप्न पाएका छैनन् । धान उत्पादनको मुख्य क्षेत्र मानिएको नीलकण्ठ नगरपालिका, सिद्दलेक गाउँपालिका, गजुरी गाउँपालिका र धुनिबेसी नगरपालिकाका टारी खेतहरु यो वर्ष रोपिएका छैनन् । यी पालिकाहरुमा उत्पादन घटेपछि जिल्लाभरकै उत्पादनमा कमी आउने देखिएको छ ।

 

 

कृषि विकास कार्यालय धादिङको तथ्यांक अनुसार जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ४८ हजार १३६ हेक्टर रहेकोमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमध्ये हालसम्म ९५ दशमलव ३९ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन कुल धान रोपिने क्षेत्रफलको शून्य दशमलव ८५ प्रतिशत मात्रै हो । जिल्लामा ५० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । खोला खेत बाहेक ढिलो गरी रोपाइँ भएका टारी खेतहरुमा अघिल्लो वर्षहरुको तुलनामा उत्पादन घट्ने देखिएको छ । धानका जातअनुसार प्रतिहेक्टर औसत ४.२ मेट्रिक टन उत्पादन हुने भए पनि हाइब्रिड (एडीभी) धानबाट प्रतिहेक्टर ६.३३ मेट्रिक टनसम्म उत्पादन लिन सकिन्छ,उत्पादन बढी हुने भएकाले किसानको रोजाइ पनि हाइब्रिड धानतर्फ बढ्दै गएको छ ।

 

 

कृषि विकास कार्यालय धादिङले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जिल्लाभर वार्षिक रूपमा करिब १२ हजार मेट्रिक टन रासायनिक मल (युरिया, डीएपी र पोटास) आवश्यक पर्दछ ।  तर, सरकारी निकायहरू कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत वार्षिक करिब ४ हजार मेट्रिक टन मात्र मल आपूर्ति हुने गरेको छ, जुन कुल मागको आधाभन्दा पनि कम हो ।  यसरी सरकारी अनुदानको मल पर्याप्त नहुँदा किसानहरू निजी व्यापारीमार्फत महँगो मूल्यमा कमसल मल खरिद गर्न बाध्य छन् ।

 

 

 

कति जमिनमा धान खेती हुन्छ, कति उत्पादन हुन्छ भन्ने कुराको तथ्यांक गाउँपालिकाहरुमा भेटिदैन । आँखाले हेरेर अनुमान लगाएकै आधारमा प्रतिशत निकाल्ने गरिएको छ । नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा घट्दै गइरहेको बेला धादिङमा पनि त्यसको असर देखिएको छ । पर्याप्त वर्षा नभएसम्म धान रोपाइँले अपेक्षित गति लिन नसक्ने अवस्था रहेकाले किसानहरू समयमै पानी पर्ने प्रतीक्षामा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल