लगातार परेको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–४ जयन्तीडाँडामा पहिरो खस्दा ६ घरमा क्षति पुगेको छ ।

रातभरको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा स्थानीयवासीका घरमा क्षति पुगेको हो । वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार पहिरोबाट राधिका खाँण, कृष्ण खाँण, कन्यावती तामाङ, मिनकुमार तामाङ, शर्मिला तामाङ र मिना कुमारी तामाङको घरमा क्षति पुगेको छ । घटनाको जानकारी प्राप्त हुनासाथ वडा अध्यक्ष श्रेष्ठसहित नीलकण्ठ नगरपालिका विपद् व्यवस्थापनको टोली घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको छ । प्रभावित परिवारको अवस्था बुझ्नुका साथै आवश्यक राहत तथा थप व्यवस्थापनका विषयमा समेत छलफल गरिएको छ । पहिरोबाट घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको र सबै स्थानीयवासी सुरक्षित रहेको वडा कार्यालयले जनाएको छ ।

वर्षायाम सक्रिय भएसँगै पहिरोको जोखिम बढेकाले जोखिमयुक्त बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा बस्न स्थानीय सरकारले आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल