यो वर्षको एसईईमा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुँदै

बिहीबार, फाल्गुण २२, २०८१

theme

आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा लागि ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार विद्यार्थी रहेका छन् । त्यस्तै, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिका लागि ४ हजार (२०७८-०७९) ले फारम भरेका छन् ।

प्रदेश-प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको छ । नियन्त्रक ज्ञवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्ने छ । ‘केन्द्रबाट प्रश्नपत्र छपाइको काम मात्र हो । परीक्षा केन्द्र जिल्ला स्थित परीक्षा समन्वय समितिले गर्ने छ,’ उनले भने । समन्वय समितको अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य सचिवमा जिल्ला शिक्षा इकाइका प्रमुख र सदस्यमा सुरक्षा निकायका प्रमुख रहने छन् ।

प्रश्नपत्र छपाइसँगै जिल्ला जिल्लामा प्रश्नप्रत्र पुर्‍याउने काम भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेकेको छ । प्रदेशबाट जिल्ला जिल्लामा प्रश्नपत्र पुर्‍याइने छ । उत्तरपुस्तिका भने सम्बन्धित प्रदेशले नै छपाइ गरेर परीक्षा केन्द्रमा पठाउने छ । ‘२७-२८ गतेसम्म सबै जिल्ला जिल्लामा प्रश्नपत्र पुगिसक्छ,’ निमित्त परीक्षा नियन्त्रक ज्ञवालीले भने,’ उत्तरपुस्तिका र परीक्षा केन्द्रको खर्चको व्यवस्थापन प्रदेशले गर्ने परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल