धादिङ पूर्णखोप सुनिश्चितता उन्मुख, जिल्लास्तरीय प्रमाणीकरण सभा सम्पन्न

मंगलबार, आषाढ ३०, २०८३

theme

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित धादिङलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण’ जिल्ला घोषणा गरिएको छ । 

 

 

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी घोषणा गरिसकेपछि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रमका श्रोतव्यक्ति उत्तम प्याकुरेलले धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । 

 

 

जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाको कुल जनसंख्या ३ लाख ६ हजार ५८० रहेको छ ।  धादिङमा १६ देखि २३ महिनासम्मका ३ हजार ३३४ बालबालिका लक्षित रहेकामा ३ हजार ३२९ जनाले पूर्णखोप कार्ड प्राप्त गरेका छन् भने ५ जना अझै छुटेका छन् ।  शून्य डोजका बालबालिका नरहेको र विभिन्न स्थानीय तहमा ड्रपआउट संख्या १४ रहेको जानकारी प्रस्तुत गरिएको छ ।यस्तै, ० देखि १५ महिनासम्मका बालबालिकाको खोप अवस्थासमेत समीक्षा गरिएको थियो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको उहाँको भनाई छ ।


 

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रमका श्रोतव्यक्ति उत्तम प्याकुरेलले जिल्ला घोषणाको प्रमाणपत्र वाचन गर्नुभएको थियो । प्याकुरेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्ण खोप सुनिश्चितता घोषणासँगै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्ने बताए । प्याकुरेलले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउनुभयो ।

 

 

कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले स्वास्थ्य कार्यक्रमअन्तर्गत नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । पूर्णखोप घोषणा गर्नु आफैमा एक महत्वपूर्ण कार्य भएता पनि यसको दीगोपना कायम गरी निरन्तर पूर्णखोप प्राप्त गरेको सुनिश्चितता गर्नु अझ अपरिहार्य र महत्वपूर्ण कार्यका साथै चुनौतीको विषयमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

 

 

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिको प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ण खोप सुनिश्चितता घोषणा भए पनि यसको दिगोपना कायम राख्नु अबको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। उहाँले नियमित अनुगमन, जनचेतना अभिवृद्धि तथा सेवा विस्तारलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अगाडि सारेका सबै सर्त पूरा गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न भूमिका खेल्ने जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।

 

 

स्थानीय तहका प्रमुख-उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता थियो । त्यस अवसरमा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो । 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल