राष्ट्रिय विभुती मुख्तियार जनरल भीमसेन थापाको २५२ औं जन्मजयन्ती

सोमबार, श्रावण ११, २०८३

theme

राष्ट्रिय विभुती मुख्तियार जनरल भीमसेन थापाको २५२ औं जन्मजयन्तीको अवसरमा भीमसेन स्तम्भ, धरहरा परिसरमा स्मृति सभा र नेपाली सेनाद्वारा सम्मान सलामी अर्पण गरिएको छ ।

 

 

नेपाली सेनाका प्रधानसेनापती श्री अशोकराज सिग्देलज्युबाट श्रद्धाञ्जली अर्पण सहित माल्यार्पण गरिएको छ । बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालद्वारा आयोजित स्मृति सभा कार्यक्रममा दुईजना प्रतिभाहरु साहित्यकार तथा गीतकार श्री राजेन्द्र थापा (अ.प्रा) र वरिष्ठ चिकित्सक प्रा.  डा. बुद्धि बहादुर थापालाई राष्ट्रिय विभुती भीमसेन थापा स्मृति प्रतिभा सम्मान २०८३ बाट सम्मानित गरिएको छ । राष्ट्रिय विभुती भीमसेन थापाको सम्झनामा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा वक्ताहरूले वीर पुर्खाको त्याग, बलिदान र राष्ट्रभक्तिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका हुन् ।

 

 

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. राम थापा क्षेत्रीले राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहास निर्माण र राष्ट्रिय अस्तित्व रक्षामा अतुलनीय योगदान पुर्‍याएको बताए। भीमसेन थापाको देशभक्ति, इमानदारी, नैतिकता र अदम्य साहस आज पनि नेपाली समाजका लागि अनुकरणीय रहेको उनको भनाइ थियो ।उनले भने, ‘गोरखामा जन्मनुभएका राष्ट्रिय विभूति भीमसेन थापाले नेपालको इतिहासमा धेरै महत्त्वपूर्ण काम गर्नुभयो। उहाँले आफ्नो जीवनकालमा देखाउनुभएको देशभक्ति, इमानदारी, नैतिकता र अदम्य साहसकै कारण सुगौली सन्धिपछिको वर्तमान नेपालको अस्तित्व कायम रहन सम्भव भएको हो ।’ डा. थापाले सुगौली सन्धिपछिको नेपालको अस्तित्व कायम राख्न वीर पुर्खाहरूको बलिदान निर्णायक रहेको उल्लेख गरे । नालापानी, सिन्धुलीगढी, किल्ला–काँगडा लगायतका ऐतिहासिक युद्धस्थलमा नेपाली वीरहरूले देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानका लागि रगत बगाएको उनले स्मरण गरे ।

 

 

उनले भने, ‘किल्ला–काँगडा, नालापानी र सिन्धुलीगढीलगायतका ऐतिहासिक गढीहरूलाई हामीले कहिल्यै बिर्सनु हुँदैन। ती स्थानमा हाम्रा वीर पुर्खाहरूले देशको स्वाधीनता र स्वाभिमान रक्षाका लागि रगत बगाउँदै प्राण उत्सर्ग गर्नुभएको थियो। यस्ता वीर सपूत हरुको स्मृतिमा हामीले राष्ट्रहितका कार्यहरुमा एक भएर अघि बढनुपर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल