त्रिशूलीमा बगेका युवकको प्रहरीद्वारा उद्धार

आइतबार, श्रावण १७, २०८३

theme

धादिङको गजुरी गाउँपालिका-५ बाङ्गेस्थित त्रिशूली नदीमा बगेका एक टिपर चालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

 

 

आइतबार दिउँसो करिब २:१० बजे त्रिशूली नदीले एक जनालाई बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा ११ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनास्थलबाट करिब ५०० मिटर तल महादेव खोल्सी नजिक त्रिशूली नदीको किनारबाट ती व्यक्तिको उद्धार गरेको हो । उद्धारपछि उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको प्रहरीले जनाएको छ । उद्धार गरिएका व्यक्ति मकवानपुरको बकैया गाउँपालिका-१० स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँ बस्दै आएका २३ वर्षीय भिम वाईवा रहेको खुलेको छ ।  उनी आरजे सप्लायर्स, गोदावरीबाट बालुवा लिन आएका टिपर चालक हुन् ।

 

 

प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ । उनी सामान्य बोल्न सक्ने अवस्थामा छन् र हाल प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल