मिर्गौला रोगी धनबहादुर तामाङको उपचारका लागि ७ लाख ४६ हजार सहयोग हस्तान्तरण, थप सहयोगको अपिल

बुधबार, श्रावण २०, २०८३

theme

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ थला गाउँका मिर्गौला रोगी धनबहादुर तामाङ (धनलुङ) को उपचारका लागि संकलन गरिएको ७ लाख ४६ हजार ८ सय १५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ ।

 

 

दुवै मिर्गौला फेल भएपछि हाल घाँटीबाट क्यानुला (लाइन) राखेर नियमित डायलाइसिस गराइरहेका तामाङको स्वास्थ्य अवस्था जटिल रहेकाले चिकित्सकको सल्लाहअनुसार छिट्टै मिर्गौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्ने तयारी भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन नेत्रावती डबजोङ गाउँपालिका–१ वडा कार्यालयको नेतृत्व तथा थला गाउँ सेवा समाजको सहकार्यमा सहयोग अभियान सञ्चालन गरिएको थियो। समाजका अध्यक्ष पूर्णबहादुर घलेको एनआईएमबी बैंकको क्यूआर कोडमार्फत देश तथा विदेशमा रहेका नेपालीबाट उक्त रकम संकलन गरिएको हो ।

 

 

वडाध्यक्ष ठाकुर गुरुङका अनुसार विभिन्न स्थानमा रहेका नेपालीको साथ र सद्भावका कारण करिब साढे ७ लाख रुपैयाँ संकलन भएको हो। उनले सहयोग गर्ने सम्पूर्ण दाताप्रति हार्दिक आभार व्यक्त गर्दै यस सहयोगले धनबहादुरको उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । “देश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण मनकारी दाताप्रति हार्दिक धन्यवाद। यो सहयोगले धनबहादुरले नयाँ जीवन पाउने विश्वास गरेका छौं। उपचारका लागि आवश्यक थप रकम जुटाउन अभियानलाई निरन्तरता दिनेछौं,” वडाध्यक्ष गुरुङले भने । धनबहादुरका लागि आफन्तबाट मिर्गौला दान गर्ने प्रक्रिया पूरा भइसकेको र अब छिट्टै प्रत्यारोपणको तयारी भइरहेको पनि उनले जानकारी दिए। नेत्रावती डबजोङ गाउँपालिकाले स्थानीय सरकारका तर्फबाट समेत आर्थिक सहयोग गरिरहेको जनाएको छ ।

 

 

यद्यपि प्रत्यारोपण र त्यसपछिको उपचारका लागि अझै ठूलो रकम आवश्यक पर्ने भएकाले धनबहादुरको जीवनरक्षाका लागि सहयोग गरिदिन वडाध्यक्ष गुरुङले सबैमा अपिल गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल