ads

बाढीपहिरो प्रभावितका लागि आरुघाट युवा क्लब र नेवा गुठी समाजको ८ लाख ७ हजार सहयोग

सोमबार, भाद्र १५, २०८३

theme

चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आरुघाट युवा क्लब, गोर्खा र आरुघाट नेवा गुठी समाज, काठमाडौंले ८ लाख ७ हजार ७ सय २३ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

 

 

रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासीलगायत जिल्लाका नदी तटीय क्षेत्रमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाहरूले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । आरुघाट युवा क्लबका सदस्य सोवित श्रेष्ठका अनुसार विपद्को कठिन समयमा प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गर्न लागिएको हो ।

 

 

क्लबले खेलकुद क्षेत्रको प्रवर्द्धनसँगै नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र सामाजिक सेवाका क्षेत्रमा समेत काम गर्दै आएको छ। आरुघाट नेवा गुठी समाजले पनि नेवा कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ । विपद्का बेला दुई संस्थाले गरेको सहकार्यले मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ ।

 

 

आरुघाट युवा क्लबले विपद्बाट प्रभावित बालबालिका, ज्येष्ठ नागरिक तथा परिवारको सहयोगका लागि सरकारको राहत तथा उद्धार अभियानमा हातेमालो गर्न सबै व्यक्ति, संघसंस्था र समुदायलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आह्वान गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल