ads

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि धादिङ मुस्लिम समुदायले जुटायो १ लाख ३४ हजार सहयोग

बुधबार, भाद्र १७, २०८३

theme

रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धादिङ मुस्लिम समुदायले आर्थिक सहयोग संकलन गरेको छ ।

 

 

धादिङ मुस्लिम समुदाय, धादिङबेँसी र मदरसा हनिफिया रजवियाको संयुक्त आह्वानमा धादिङबेँसी बजार क्षेत्रका मुस्लिम समुदायबाट सञ्चालन गरिएको सहयोग संकलन अभियानमार्फत रु. १ लाख ३४ हजार २०९ रकम संकलन भएको हो । बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि पीडित दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको धादिङ मुस्लिम समुदायले जनाएको छ। अभियानमा मुस्लिम समुदायका सदस्य, स्थानीय व्यवसायी तथा शुभेच्छुकहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए । 

 

 

संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकमा रहेको सम्बन्धित कोषको आधिकारिक खातामा भौचर/चेकमार्फत जम्मा गरिएको समुदायले जनाएको छ । धादिङ मुस्लिम समुदायले विपद्को कठिन परिस्थितिमा अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्ने दाताहरू, मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनी, स्थानीय व्यवसायी, शुभेच्छुक तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेको छ ।

 

 

समुदायले विपद्मा परेका नागरिकको पीडामा साथ दिनु सबैको साझा दायित्व भएकाले आगामी दिनमा पनि मानवीय सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल