ads

बाढीपीडितका लागि नेपाल गजल प्रतिष्ठानले प्रधानमन्त्री राहत कोषमा १ लाख १३ हजार ३६९ रुपैयाँ जम्मा गर्यो

शनिबार, भाद्र २०, २०८३

theme

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानले आर्थिक सहयोग गरेको छ ।

 

 

प्रतिष्ठानले बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै बाढीमा परी बेपत्ता भएकाहरू सकुशल भेटिन सकून् भन्ने कामना गर्दै उद्धार तथा खोजी कार्यमा जुटिरहेकाप्रति सम्मान व्यक्त गरेको छ । बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रतिष्ठानले विपद्को समयमा बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले गजलकारहरूको साथ र सहयोगमा रु. १ लाख १३ हजार ३६९ आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ ।

 

 

यस्तो विपद्को समयमा पीडितका साथमा उभिनु सबैको साझा मानवीय दायित्व र दुःखमा सहारा, विपद्मा सहयोग र पीडामा मल्हम बन्ने सामूहिक प्रयासबाट मात्रै कठिन समय पार गर्न सकिने नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले ओखर न्यूजलाई जनकारी दिनुभयो  ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल