बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी सेमजोङ धादिङको बागमती प्रदेश सरकार आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यू तथा बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. श्री कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा समुद्घा टन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजालज्यू, उपाध्यक्ष सितामाया गुरुङ चोदेनज्यू, निमित्त प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी प्रमुखज्यू, जिल्ला सुरक्षा समिति धादिङका पदाधिकारीज्यूहरु, धादिङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रहरी कर्मचारीज्यूहरू, संचारकर्मीज्यूहरु लगायतको उपस्थिति रहेको थियो ।






गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल