भोटेकोसी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नीलकण्ठ नगरपालिकाका ३८ जना नागरिकको सम्झनामा नगरपालिकाले सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
गोसाइँकुण्ड तीर्थयात्रा तथा अन्य सिलसिलामा रसुवा र नुवाकोट पुगेका बेला बाढीमा परेकामध्ये नीलकण्ठका १३ जनाको मात्र शव फेला परेको छ भने २३ जना अझै बेपत्ता छन् ।
शव भेटेका १३ जनासहित २५ जनाको परिवारले काजकिरिया सुरु गरेको छ भने बाँकी बेपत्ता परिवारले अझै खोजी जारी राखेका छन् । बाढीमा धादिङका कुल १४३ जना परेको प्रारम्भिक तथ्यांक छ ।
गत १८ गते नै शोक बिदा दिइसकेको नगरपालिकाले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै सोमबार बेलुका दीप प्रज्ज्वलन कार्यक्रम समेत आयोजना गरेको छ ।
जनप्रतिनिधि, स्थानीयवासी तथा शोकसन्तप्त परिवारका सदस्यहरूको उपस्थिति रहेको श्रद्धाञ्जली सभामा आफन्त गुमाएका सहभागीहरू भावविह्वल बनेका थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल