त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आगामी ५ चैतमा हुने क्याम्पसहरुमा चुनावी रौनक बढिरहेका बेला पार्टी भित्रको चरम गुटवन्दीको सिकार बनेको नेविसंघ धादिङलाई भने स्ववियु चुनावले एक बनाएको छ ।
दुवै समिति अध्यक्षले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गरेकाले तत्कालको लागि नेविसंघ धादिङको विवाद मत्थर देखिएको छ । विहीबार काठमाडौं स्थित जय नेपाल फाउण्डेशनमा दुजाङ सेर्पाबाट मनोनित भएका जिल्ला अध्यक्ष सुदीप गौलीको नेतृत्वको कार्यसमिति र धादिङवेशीमा भेला गरी अध्यक्ष घोषणा गरिएका दिनेश श्रेष्ठको नेतृत्वको कार्यसमिति भङग गरी सुदीप गौलीलाई नयाँ अध्यक्ष तोकिएको हो । नेताको आन्तरिक गुटवन्दीको कारण समानान्तर गतिविधि गरिरहेको नेपाल विद्यार्थी संघ धादिङ दुइ वटा कार्यसमिति एक भएको छ,दुवै समिति भङ्ग गरि सुदीप गौलीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाइएको हो ।
नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङगाना निकट मानिएका गौलीलाई नेविसंघ केन्द्रिय अध्यक्ष दुजाङ सेर्पाले २०७९ फागुन ११ गते जिल्ला अध्यक्षमा मनोनित गरेका थिए ।
जिल्लामा पार्टी नेतृत्वले गौलीको नेतत्वलाई अस्विकार गरिरहेका बेला २०८१ साउन ६ गते विद्यार्थीहरुको जिल्ला भेला गरी दिनेश श्रेष्ठको नेतृत्वमा समानान्तर अर्को समिति बनाएका थिए । श्रेष्ठ बर्तमान सभापति रामनाथ अधिकारी निकट हुन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल