ads

कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता अधिकारीको उम्मेदवारी,नेतृत्वमा युवाको सहभागितामा जोड

मंगलबार, आश्विन १३, २०८३

theme

लामो समयदेखि पत्रकारितासँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवा नेता सरोज अधिकारीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

 

निलकण्ठ -७ तल्लो बेशीका स्थायी बासिन्दा अधिकारीले नेपाल विद्यार्थी संघको सक्रिय यात्राबाट कांग्रेसको राजनीतिमा जोडिएका उनी लामो समयदेखि पार्टीका संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएको पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उनी १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका छन् । महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिँदै अधिकारीले पत्रकारिताको लामो अनुभवबाट समाजका विभिन्न पक्षलाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै पार्टी संगठनलाई जनताका समस्या र अपेक्षासँग जोडेर अघि बढाउन आफूले योगदान गर्ने बताएका छन् । बदलिँदो समयअनुसार कांग्रेसको संगठनलाई युवा, प्रविधिमैत्री, गतिशील, समावेशी र जनमुखी बनाउनुपर्ने धारणा अघि सारेका छन् ।  युवाको ऊर्जा र अग्रजको अनुभवलाई प्रविधिसँग जोड्दै पार्टीलाई नयाँ पुस्तासँग थप नजिक बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । 

 

 

आगामी स्थानीय निर्वाचनमा मतदाताले उम्मेदवारको विगत, वर्तमान कार्यसम्पादन, क्षमता, नैतिकता र व्यवहारलाई आधार बनाएर निर्णय गर्नुपर्ने अधिकारीले बताएका छन् ।  पार्टीगत आबद्धतासँगै उम्मेदवारको व्यक्तिगत क्षमता र कार्ययोजनालाई समेत मूल्यांकन गर्नुपर्ने उनको धारणा छ । आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठनलाई थप मजबुत बनाउने अभियानका रूपमा लिएको बताउँदै अधिकारीले धादिङ क्षेत्र नम्बर २ का कांग्रेस नेता तथा कार्यकर्ताको साथ र विश्वासको अपेक्षा गरेका छन् ।

 

 

अधिकारीको राजनीतिक यात्रामा लामो समयदेखि पत्रकारितासँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवा नेता,नेपाल विद्यार्थी संघसँगको आबद्धता, विद्यार्थी संगठनका विभिन्न जिम्मेवारी, नेपाली कांग्रेसका महाधिवेशन तथा महासमिति बैठकमा सहभागिता र नेपाल प्रेस युनियनसँगको आबद्धता लगायतका अनुभव समेटिएका छन् । उनी नेपाल नगरपालिकासंघका केन्द्रीय सल्लाहकारका रूपमा काम गर्नुभएको अनुभव छ । अधिकारीले कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूसँग मत, साथ, सुझाव र विश्वासका लागि आग्रह गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल