१५औँ महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा नेपाली कांग्रेसका युवा नेता नीलकण्ठ–३ निवासी गोपी कृष्ण भण्डारीले पार्टीको महाधिवेशन प्रतिनिधिमा खुल्ला युवा बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी हुने क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनलेउनले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको विषय नभई युवाका आवाजलाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्याउने प्रयासका रूपमा रहेको बताएका छन् । उनले व्यक्तिगत भावना वा सम्बन्धभन्दा पार्टी र समाजको वर्तमान आवश्यकता हेरेर निर्णय गर्न प्रतिनिधिहरूसँग आग्रह गरेका छन् । भण्डारीले धादिङका कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै पार्टी संगठनका गतिविधिमा योगदान पुर्याउँदै आएको बताएका छन् । बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउन संगठनभित्र जिम्मेवारी, सक्रियता र नयाँ सोच आवश्यक रहेको उनको धारणा छ । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले पार्टी संगठनलाई थप बलियो र समयानुकूल बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

भण्डारीले महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने अवसर पाए पार्टीका कार्यकर्ता र आम नागरिकका आवाजलाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने तथा संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीमा लामो समयदेखि योगदान गर्दै आएका कार्यकर्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सोचलाई जोडेर अघि बढ्नुपर्ने उनको धारणा छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै जनतासँगको सम्बन्ध थप मजबुत बनाउन आफूले भूमिका खेल्ने उनले बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै,नेपाल तरुण दलमा सक्रिय रहँदै कांग्रेसको राजनीतिमा जोडिएका उनी लामो समयदेखि पार्टीका संगठनात्मक गतिविधिमा जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल