ads

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रतिनिधि (श्रमिक) मा तिलक प्रसाद ढुङ्गानाको उम्मेदवारी

बुधबार, आश्विन १४, २०८३

theme

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि (श्रमिक) तिलक प्रसाद ढुङ्गानाले उम्मेदवारी घोषणा गरेका छन् ।

 

 

ढुङ्गानाले ‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै राष्ट्रिय शक्ति हो’ भन्ने नारासहित आफूलाई श्रमिक समूहबाट महाधिवेशन प्रतिनिधिका रूपमा अघि सारेका हुन् । जिल्ला तहदेखि धादिङ उद्योग वाणिज्य संघका कोषाध्यक्षसम्म विभिन्न सांगठनिक जिम्मेवारी सम्हालेको अनुभवका आधारमा आफूले उम्मेदवारी दिएको ढुङ्गानाले बताएका छन् । 

 

 

औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकको हकहित र अधिकार संरक्षणका विषयलाई प्राथमिकतामा राख्दै पार्टीमार्फत श्रमिकका समस्या समाधानका लागि आवाज उठाउने आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

 

 

उनले कांग्रेसका क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा पालिका सभापतिसहित सम्बन्धित प्रतिनिधिहरूसमक्ष आफ्नो पक्षमा मत दिन आग्रह गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल