ads

कांग्रेस धादिङ–२ को मतदान सम्पन्न, १ हजार ७५८ मत खस्यो, मतगणना भोलि बिहान

बुधबार, आश्विन १४, २०८३

theme

नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

 

 

निर्वाचन समितिका अनुसार कुल १ हजार ७ सय ९० प्रतिनिधिमध्ये १ हजार ७ सय ५८ जनाले मतदान गरेका छन् । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको समितिले जनाएको छ । मतगणना भने भोलि (असोज १५ गते) बिहानदेखि सुरु गरिने नेपाली कांग्रेस धादिङले जनाएको छ । मतदान सकिएसँगै उम्मेदवार तथा समर्थकहरूबीच नतिजा कसको पक्षमा आउने भन्ने विषयमा चासो र उत्सुकता बढेको छ ।

क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र दुवै प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्व चयन हुनेछ । साथै, केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन हुनेछन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदमा नवराज तिमल्सिना र राजन बुर्लाकोटीबीच प्रतिस्पर्धा भएको छ ।

 

 

त्यस्तै, प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा ईश्वर अर्याल र प्रकाशकुमार श्रेष्ठ तथा प्रदेशसभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा आशिष किरण अधिकारी र पाण्डवकुमार श्रेष्ठबीच प्रतिस्पर्धा रहेको छ । कांग्रेस धादिङका दुई समूहका उम्मेदवारहरूबीच भएको प्रतिस्पर्धाका कारण क्षेत्र नम्बर २ को अधिवेशनको नतिजालाई चासोका साथ हेरिएको छ ।

 

 

यसैबीच, नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन पनि आजदेखि सुरु भएको छ । क्षेत्र नम्बर १ मा भोलि मतदान हुने कांग्रेस धादिङले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल