त्रिपुरासुन्दरी गाउँपालिकामा ‘सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजना’ अन्तर्गत दोस्रो वर्षको परियोजना अभिमुखीकरण तथा सुरुवाती बैठक सम्पन्न भएको छ ।

शान्ति नेपाल र त्रिपुरासुन्दरी गाउँपालिकाको सहकार्यमा सञ्चालित पूर्ण सरसफाइ परियोजना–दोस्रो वर्ष (TSCTP Project Dhading, Year-II) अन्तर्गत पालिका तहका सरोकारवालाहरूबीच परियोजनाबारे जानकारी तथा आगामी कार्यक्रमका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो ।

२०८३ असोज १२ गते (२८ सेप्टेम्बर २०२६) त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय, सल्यानटारमा आयोजित बैठकमा परियोजनाको उद्देश्य, सञ्चालन हुने गतिविधि तथा पालिका तहमा सरोकारवालाहरूको भूमिकाबारे जानकारी गराइएको थियो । गाउँपालिका कार्यपालिका सदस्य र शाखा प्रमुखहरुलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण गर्ने, सुरक्षित खानेपानी र पानी शुद्धिकरण गर्ने विधिबारे जानकारी गराउने, खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) र एनवास एप्लिकेसनको प्रयोग गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सँग सम्बन्धित तथ्याङ्क संकलन गर्ने बारे अभिमुखीकरण गराउने तथा त्रिपुरासुन्दरी गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छताको कार्ययोजना तयार गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको शान्ति नेपालका परियोजना व्यवस्थापक ईन्द्रमान शाक्यले सहजीकरण गरेको थियो ।

पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरणको अध्यक्षता समेत रहेका त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले परियोजनाले समुदायस्तरमा पूर्ण सरसफाइको अवधारणा कार्यान्वयन, सरसफाइसम्बन्धी व्यवहारमा सुधार तथा स्थानीय तहको समन्वय र सहभागिता बढाउने र खानेपानी तथा सरसफाइ सम्बन्धी परियोजना गर्ने गरि त्यो योजना हरुको list र पैसा समेत हाल्नुपर्छ,शान्ति नेपालबाट प्राप्त अनुदानलाई स्वास्थ्य संस्था तथा विद्यालयमा मापदण्ड अनुरुप सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, वडा प्रतिनिधि, स्वास्थ्य तथा शिक्षा क्षेत्रका कर्मचारी, सूचना तथा अन्य शाखाका प्रतिनिधिलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल