नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल १ हजार ७ सय ९० मतदाता रहेकोमा १ हजार ६ सय ७७ मत खसेको थियो ।

क्षेत्रीय सभापतिमा राजन बुर्लाकोटी १ हजार ४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नवराज तिमल्सिनाले ५४७ मत प्राप्त गर्नुभयो ।क्षेत्रीय सचिवमा सरोज पाण्डे ९५३ मतसहित विजयी हुनुभएको छ । त्यस्तै सहसचिव खुल्लातर्फ नवीन कुमार श्रेष्ठ ७९३ मतसहित निर्वाचित हुनुभएको छ ।सदस्यतर्फ भीमबहादुर ढकाल ९८५ र सूर्यबहादुर कुमाल ७३३ मतसहित विजयी हुनुभएको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत चयन भएका छन् । महिला खुल्लातर्फ रिता थापा मगर (१,१४७), कल्पना अधिकारी (१,०६३), यो माया तामाङ (७१८) र लक्ष्मी गिरी (६६६) विजयी हुनुभएको छ । खुल्लातर्फ रमेशप्रसाद धमला (१,२९७), भीमप्रसाद ढुङ्गाना (१,१४९), राकेश धमला (१,१४६), दिलमान पाख्रिन तामाङ (१,०६२), रामनाथ अधिकारी (९७५), ईश्वर अधिकारी (९३७), दीपक कोइराला (९१२), झंक नारायण श्रेष्ठ (८१६), विकास श्रेष्ठ (८१६) र सेतेमान तामाङ (७२३) विजयी हुनुभएको छ । श्रमिकतर्फ तिलकप्रसाद ढुङ्गाना (७२५) र पेशागत विषयविज्ञतर्फ कुलबहादुर गुरुङ (७०२) विजयी हुनुभएको छ ।

३५ वर्षमुनिको युवा महिलातर्फ सरिता तामाङ (९०८) तथा युवा खुल्लातर्फ गोपीकृष्ण भण्डारी (८५८) र अश्विन दुवाडी (५५९) निर्वाचित हुनुभएको छ ।त्यस्तै अपाङ्गतातर्फ बिनोद रिजाल (६५३), अल्पसंख्यकतर्फ डेभिड घले (९३१), प्रजातन्त्र सेनानी/सहिद परिवारतर्फ चिजकुमार तामाङ (८६३) र समानुपातिक दलिततर्फ राम्री नेपाली (७८३) विजयी हुनुभएको छ ।
समानुपातिक आदिवासी जनजाति महिलातर्फ सिता चोदेन गुरुङ (१,१३१), सरिता राना मगर (९४१) र शान्त कुमारी तामाङ (७४२) निर्वाचित हुनुभएको छ। आदिवासी जनजाति खुल्लातर्फ राजकुमार श्रेष्ठ (८५८), धनबहादुर गुरुङ (७४९) र योगबहादुर तामाङ (७३५) विजयी हुनुभएको छ ।

समानुपातिक खस आर्य खुल्लातर्फ रामप्रसाद अधिकारी (७१३) र देवीप्रसाद कोइराला (६८५) निर्वाचित हुनुभएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल