ads

सिद्धलेकमा ‘दोस्रो सिद्धलेक म्हेन्दोमाया कप–२०८३’ हुँदै, विजेताले १ लाख ५ हजार पाउने

सोमबार, आश्विन १९, २०८३

theme

धादिङको सिद्धलेक गाउँपालिका–१ मा ‘दोस्रो सिद्धलेक म्हेन्दोमाया कप–२०८३’ ९ ए साइड खुला फुटबल नकआउट प्रतियोगिता आयोजना हुने भएको छ ।

 

 

म्हेन्दोमाया युवा समाज, सिद्धलेक–१ को आयोजना तथा नयाँबस्ती प्रवासी समाजको सह–आयोजनामा प्रतियोगिता असोज २४ गतेदेखि २७ गतेसम्म नयाँबस्ती बाँझोगरा म्हेन्दोमाया खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५२ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

 

 

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज १२ गतेदेखि २३ गतेसम्म टिम दर्ता गर्न सक्नेछन् ।  टिम दर्ता शुल्क ८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

 

 

म्हेन्दोमाया युवा समाजका अध्यक्ष पेमा छिरिङ लामाका अनुसार प्रतियोगितालाई व्यवस्थित,भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।  स्थानीय खेलाडीको प्रतिभा उजागर गर्दै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

 

 

प्रतियोगितामा धादिङलगायत विभिन्न स्थानबाट खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ ।  प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ । थप जानकारी तथा टिम दर्ताका लागि ९७६३२४०६७४, ९८६३२०८७०१, ९८६९३७८१२४, ९७६३७७२३२३, ९७६३६८५१५५

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल