ads

कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट ८५ जना, ११ जना नेताले उम्मेदवारी दिने

मंगलबार, आश्विन २०, २०८३

theme

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट ८५ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।  प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित ६६ जना महाधिवेशन प्रतिनिधि तथा पदेन महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिनिधिसभा क्षेत्रका सभापति २ जना, प्रदेशसभा क्षेत्रका सभापति ४ जना र स्थानीय तहका सभापति १३ जना गरी धादिङबाट कुल ८५ जना सहभागी थिए । 

 

 

कुल प्रतिनिधिमध्ये धादिङ क्षेत्र नं. १ बाट ४२ जना र क्षेत्र नं. २ बाट ४३ जना सहभागी थिए ।  उनीहरूले महाधिवेशनका विभिन्न प्रक्रिया तथा निर्णयमा जिल्लाको प्रतिनिधित्व गर्नेछन् । यसैबीच, महाधिवेशनअन्तर्गत धादिङबाट ११ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । २ जनाले सहमहामन्त्री र ९ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।सहमहामन्त्रीमा रमेशप्रसाद धमला र दिलमान पाख्रिन ले उम्मेदवारी दिने भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमा भीमप्रसाद ढुंगाना, उर्मिला थपलिया, कृष्ण रिजाल, कविता इटनी, रिता थापा मगर, राधाकृष्ण भण्डारी, उर्मिला कँडेल, मधुकुमार श्रेष्ठ र बाबुकृष्ण सापकोटा ले उम्मेदवारी दिने तयारी गरेका छन् ।

 

 

नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको आकार २९७ सदस्यीय बनाएको छ। संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि बढाइएको छ ।  आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ र ७ हजार ११४ महाधिवेशन प्रतिनिधि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन् ।  महाधिवेशनको निर्वाचन प्रक्रिया असोज २१ र २२ गते हुने कार्यतालिका छ ।  बन्दसत्रपछि पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी, मतदान र मतगणनासहित निर्वाचन प्रक्रिया अघि बढ्नेछ । 

 

 

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

100%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल